समाचारबुधबार, आश्विन १०, २०६९
जिप दुर्घटनामा ६को मृत्यु
स्याङ्जाको वालिङबाट पर्वतको उरामपोखरा गाविसतर्फ जाँदै गरेको ग १ ज ४६७९ नम्बरको जिप शालिग्राम गाविस वडा नं २ दरौखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा उरामपोखरा गाविस–६ का ६८ वर्षीया वसुन्धरा भट्टराई, उरामपोखरा– ५ का ५६ वर्षीय डिल्लीराम भुसाल, वडा नं ४ का ६४ वर्षीय मनबहादुर बस्याल, वडा नं ३ का यामबहादुर थापा, सोही ठाउँकी १८ वर्षीया जितकुमारी थापा र सोही ठाउँकै ७६ वर्षीय भक्तराम रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन यात्रुको वालिङमा उपचार भइरहेको छ ।
उकालोमा जिप पछाडि सरेपछि नियन्त्रणमा राख्न नसक्दा रानीपानी हुवास सडकखण्डमा सडकबाट ४०० मिटर तल भिरबाट जिप खसेको हो । प्रहरी र स्थानीयवासीले घाइतको उद्धार गरेका थिए । जिपका चालक भने फरार छन् ।
देव पचभैया, पाल्पा
