थप समाचारबिहीबार, साउन २२, २०७१

केन्द्रीय समिति बैठक बहिस्कार गर्ने भट्टराई पक्षको चेतावनी

हिमालखबर

भट्टराई निवास सानेपामा २१ साउनमा बसेको बैठकले आफ्नो पक्षका पोलिटब्युरो सदस्य गङ्गानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई गरिएको निलम्बन फिर्ता नभए संस्थापन पक्षसँग थप कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ ।

भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले छलफलमा श्रेष्ठ र यादवमाथिको कारबाही अस्विकार गर्दै फिर्ताका लागि आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले कारबाही फिर्ता नभए १० भदौमा बस्ने भनिएको केन्द्रीय समितिको बैठकमा आफूहरू सहभागी नहुनेबारे संस्थापनलाई जानकारी गराउने विषयमा छलफल भएको बताए ।

माओवादी स्थायी समितिको १९ साउनको बैठकले धनुषामा पार्टीभित्र समानान्तर जिल्ला समिति गठन गरेको भन्दै श्रेष्ठलाई तीन महिना र यादवलाई एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेपछि एमाओवादीभित्र विवाद सिर्जना भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>