थप समाचारबिहीबार, साउन २२, २०७१

सेनालाई आक्रण गरी फरार दुई पक्राउ

हिमालखबर

धनकुटाको हिलेमा नेपाली सेनाका पियुट डम्बरबहादुर कार्कीलाई छुरा प्रहार गरेर फरार धनकुटाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नपा–१ हिलेका २७ बर्षीय राम राई र ३० बर्षीय रपेन राईलाई प्रहरीले २२ साउनमा पक्राउ गरेको हो ।

आपसी विवादका क्रममा ९ माघ २०६५ राति हिलेस्थित गुम्बा होटलमा कार्कीलाई छुरा प्रहार गरी फरार रहेका दुवै जनालाई प्रहरीको विशेष टोलीले पाँच वर्ष पछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए ।

रामलाई हिलेबाटै र रपेनलाई सुनसरीको ईटहरी–५ जनताबस्तीबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायव निरिक्षक गोपाल थापाको नेतृत्वमा खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना पश्चात ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएका फरार अभियुक्त दुवैलाई प्रहरीले पाँच वर्षदेखि खोजी गरिरहेको थियो ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>