समाचारबिहीबार, साउन २२, २०७१
‘चरी’ मारिएको घटनाबारे छानबीन गर्न माग
‘चरी’का परिवार र धादिङका एमाले नेताहरुले उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमलाई भेटेर घटनाबारे छानबीन गर्न माग गरेका हुन् । मन्त्री निवास पुल्चोकमा २२ साउनमा गृहमन्त्री गौतमलाई भेटेर उनीहरुले सुनियोजित रुपमा घटना भएकोले छानबीन हुनुपर्ने माग गरेका हुन् ।
एमाले नेता राजेन्द्र पाण्डे सहित धादिङका अन्य पार्टी नेता तथा कार्यकर्ता र ‘चरी’का आफन्त मन्त्री निवासमा पुगेका थिए । गृहमन्त्री गौतमले घटनाको छानबीन गर्ने आश्वासन दिएका छन् ।
प्रहरीको फरार सूचिमा रहेका ‘चरी’ २१ साउनमा प्रहरीसँगको मुठभेडमा मारिएका थिए । उनी धादिङ क्षेत्र नम्बर– १ मा एमालेका पूर्व उपाध्यक्ष थिए ।
सम्बन्धित समाचार
दिनेश अधिकारी ‘चरी’ मुठभेडमा मारिए ।
मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी ।

