समाचारबिहीबार, साउन २२, २०७१
‘चरी’ मारिएको घटनाबारे जानकारी गराउन सरकारलाई निर्देशन
व्यवस्थापिका संसदमा सभासदहरुले ‘चरी’ मारिएको घटनाबारे आवाज उठाएपछि सभामुख सुवास नेम्बाङले घटनाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । २२ साउनमा बसेको बैठकमा नेम्बाङले घटनाबारे संसदलाई जानकारी गराउन गृहमन्त्री र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
संसद बैठकमा ममय मागेर बोल्दै सभासद राजेन्द्र पाण्डेले षडयन्त्रपूर्वक ‘चरी’लाई मारिएको दावी गरे । उनले काठमाडौं प्रहरी प्रमुख एसएसपी पुष्कर कार्कीलाई निलम्बन गर्न पनि माग गरेका छन् ।
उनले एसएसपी कार्कीमाथि कारबाही नभए संसद चल्न नदिने चेतावनी दिए । ‘चरी’ मारिएको घटना कानूनीराजको बर्खिलाप भएको उनको टिप्पणी छ ।
यस्तै, सभासद गंगालाल तुलाधरले ‘इन्काउन्टर’मा संलग्न सबै प्रहरी अधिकारीलाई निलम्बन गरी छानबीन गर्न माग गरे । अर्का सभासद गुरुप्रसाद बुर्लाकोटीले पनि ‘चरी’ मारिएको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए ।
सम्बन्धित समाचार
‘चरी’ मारिएको घटनाबारे छानबीन गर्न माग ।
दिनेश अधिकारी ‘चरी’ मुठभेडमा मारिए ।
मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी ।
