समाचारबिहीबार, साउन २२, २०७१
महिला सभासदको मागः बलात्कारीलाई हदैसम्मको कारबाही होस्
व्यवस्थापिका संसदको २२ साउनमा बसेको बैठकमा महिला सभासदले बलात्कारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग राखेका हुन् । बैठकमा समय मागेर बोल्दै महिला सभासदले सार्वजनिक ठाउँमै महिलामाथि सामूहिक बलात्कार भएको घटनाप्रति सरकारको आलोचना गरे ।
नेपालगञ्ज बसपार्कमा २१ साउन बिहान रुकुमकी एक महिलामाथि भएको सामूहिक बलात्कार भएको भन्दै उनीहरुले बलात्कारमा संलग्नमाथि हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरे । सभासद मीठू मल्ल, कुन्ती शाही, राज्यलक्ष्मी श्रेठ, छाँया शर्मा पन्त, कलशादेवी महरा, रेखा शर्मा लगायतले बोलेका थिए ।
सार्वजनिकस्थलमै सामूहिक बलात्कार हुनुले महिला असुरक्षित रहेको देखिएको बताए । उनीहरुले घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
बैठकमा सभामुख सुवास नेम्बाङले घटनाबारे जानकारी दिन र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिए ।
सम्बन्धित समाचार
