समाचारबिहीबार, साउन २२, २०७१
सात सहसचिवको बढुवा, नेपाल टेलिभिजनमा शाह
राजधानीमा २२ साउनमा बसेको मन्त्रिपरिषद्ले सात सहसचिवलाई बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । रिजालका अनुसार बढूवा हुनेमा शरदचन्द्र पौडेल, उत्तम भट्टराई, अर्जुन कार्की, महाश्रम शर्मा,नरबहादुर रजवार, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्साल छन् ।
यसैगरी वैठकले नेपाल टेलिभिजनको अध्यक्षमा निर शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । शाह गत वर्ष नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
