थप समाचारशुक्रबार, साउन २३, २०७१
१६ वर्षपछि जेल चलान
महोत्तरीकौ गोनरपुरमा आगजनी गर्ने ८ जनालाई पुनरावेदन अदालत धनुषाले २०५५ सालमा ६ वर्षको कैद सजायको फैसला सुनाएको थियो । आठैजना फरार रहेकामा ५५ वर्षीय प्रकाश अमातलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।
१६ वर्षदेखि फरार रहँदै आएका अमातलाई महोत्तरी प्रहरीले राति निजको घरैबाट पक्राउ गरी जलेश्वर कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
सो मुद्दाका अन्य सातजना अभियुक्त अझै फरार छन् ।
