समाचारशुक्रबार, साउन २३, २०७१
सेनाद्वारा जुरेमा उद्धार कार्य जारी (तस्वीरसहित)
नेपाली सेनाका अनुसार २२ साउन अवेरसम्म पहिरोले थुनिएर बनेको तालको पानीको भित्री बहाव १९५ क्युसेक रहेको र बाहिरी बहाव २०० क्युसेक रहेको र पानी विस्तारै घट्ने क्रममा छ ।
पहिरो खुलाउन र खोज तथा उद्धारका लागि सेनाले पहिरो गएको स्थानमा प्राविधिकलगायत थप फौज परिचालन गरेको छ भने त्यसक्षेत्रमा भएका ठूला चट्टानहरुलाई मेशिनले फुटाउने काम गरिरहेको छ ।
