समाचारशुक्रबार, साउन २३, २०७१

पार्टी फुट्दैनः दाहाल

हिमालखबर

क्रान्तिकारी पत्रकार सङ्घ चितवनले २३ साउनमा भरतपुरमा गरेको पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष दाहालले पार्टी विभाजनको कुनै संभावना नभएको बताएका हुन् । उनले भने, “शान्ति र संविधान निर्माण हुँदै गरेको अहिलेको समयमा पार्टी विभाजन हुने कुनै सम्भावना छैन ।

पार्टीभित्र देखिएका विवाद नयाँ प्रक्रियाबाट समाधान हुने उनको भनाइ छ । उनले अन्तरकलह थप चर्किएर नजाने ठोकुवा गरे ।

बाबुराम भट्टराईसँग लामो समयदेखि विवाद र बहस हुँदै आएको उनले बताए । उनले भने, “बाबुरामजीसँगको सम्बन्धको लामो कथा छ, पाँचाँै महाधिवेशनदेखि उहाँसँग विवाद र बहस भइरहेको छ ।”

“तपाईंहरुलाई हाम्रो विवाद अनौठो लाग्ला, हामीलाई दूध र भात जस्तो भइसक्यो,” उनले थपे, “अगाडि उहाँ प्रचण्ड राष्ट्रको नेता भन्नुहुन्छ, पछाडि नेतृत्व भएन भन्नुहुन्छ, माग बुझी नसक्नुका छन् ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>