समाचारशुक्रबार, साउन २३, २०७१

सुर्खेतमा २४ वटा बम फेला

रासस

सुर्खेतको रानीवास पुङमा २४ वटा सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयबासिन्दाले २२ साउनमा नै बम भेटिएको खबर दिए पनि २३ साउनमा मात्रै पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।

बम भेटिएको स्थानलाई प्रहरी चौकी मटेलाबाट गएको प्रहरी सहायक निरीक्षक सुन्दर सिंहको नेतृत्वको टोलीले सुरक्षा दिइरहेको छ ।

बम निष्क्रिय पार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेनाको बम निष्क्रिय टोलीलाई पत्र पठाएको छ । बम निष्क्रिय पार्न कपासे ब्यारेकलाई जानकारी गराइएको र २३ साउनमा नै सेनाले बम निष्क्रिय पार्ने उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>