समाचारशुक्रबार, साउन २३, २०७१
वर्षामै बढ्यो लोडसेडिङ (तालिकासहित)
नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादन घटेको भन्दै लोडसेडिङको समय सातामा ४० घण्टाबाट बढाएर ६० घण्टा पुर्याएको छ ।
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले गर्दा प्रसारण लाइनको टावर ध्वस्त भएको, सुनसकोसी जलविद्युत् आयोजनाको ड्याममा क्षति पुग्दा ६७ मेगवाट बिजुली उत्पादन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कुसाहा(कटैया प्रसारण लाइनको कन्डक्टर फेर्नुपर्ने भएकाले पनि लोडसेडिङ थप बढेको हो ।
नयाँ तालिका अनुसार सातामा तीन दिन ९ घन्टा, दुई दिन साढे ७ घन्टा, एक दिन १० घन्टा र एक दिन साढे ८ घन्टा लोडसेडिङ हुने भएको छ।

