थप समाचारशुक्रबार, साउन २३, २०७१

‘चरी’को हत्या गैरन्यायिकः एमाले धादिङ

हिमालखबर

एमाले धादिङ जिल्ला कमिटीले २४ साउनमा प्रेस विज्ञप्ति जारी गर्दै एमाले क्षेत्र नं. १ का पूर्व उपाध्यक्ष दिनेश अधिकारीको ‘हत्या’मा संलग्न प्रहरी अधिकारीहरुलाई निलम्बन गरी छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ ।

विगतमा दिनेश अधिकारीको गतिविधि विवादस्पद रहेको स्वीकार्दै विज्ञप्तिमा उनी एमाले प्रवेशसँगै रुपान्तरणको क्रममा रहेको जनाइएको छ । उनका विरुद्ध दुईवटा मुद्दा अदालत पुगेको र कानूनी सल्लाहकारको सल्लाह बमोजिम अदालत हाजिर हुने दिनको प्रतिक्षामा रहेको पनि एमाले धादिङले जनाएको छ ।

लासको मुचुल्का गरिंदा मृतकका आफन्तलाई संलग्न नगराइएको, स्थानीयले ५ राउण्ड गोली पड्केको आवाज सुने पनि दिनेशमाथि ८ वटा गोली प्रहार भएको र घटनास्थलमा रगत पनि नदेखिएकाले उनको अन्यत्रै हत्या गरी भीमढुंगा लगिएको एमालेको दाबी छ ।

खुश्बुका प्रेमी

त्यसैगरी विज्ञप्तिमा दिनेशकी प्रेमिका खुश्बु ओलीसँग विवाह गर्न चाहने प्रहरी निरीक्षकले हत्या गराएको एमाले जिल्ला कमिटी धादिङको निष्कर्ष रहेको बताइएको छ ।

“खुस्बु ले पनि कुमुद र अर्पण दुबैले आफूसँग विवाह गर्न चाहेको र आफूले इन्कार गरेपछि पटक पटक दिनेशको हत्या गर्ने धम्की दिएको बताएकी छिन्,” विज्ञप्तिमा उल्लेख छ ।

२१ साउन साँझ ५ बजे प्रहरीको जवाफी कार्वाहीमा चरी नामले चिनिने दिनेश अधिकारीको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>