समाचारबुधबार, आश्विन १०, २०६९

एमाओवादी विद्यार्थी भेलामा चर्को विवाद

हिमालखबर

विवाद चर्किएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर विद्यार्थी नेता कार्यक्रमस्थल बाहिर अनसनमा बसेका छन् । प्रचण्ड पक्षका केन्द्रीय सदस्य प्रभावर गुप्ता समर्थक नेता र प्रतिनिधि अनसनमा बसेका हुन् ।

उनीहरुले राष्ट्रिय भेला बहिष्कार गरेको घोषणा गरेका छन् । भोजपुरा राज्य संयोजक रामबाबु बैठाले प्रचण्ड पक्षीय गुप्तालाई कारबाही गर्दै बैठकस्थलमा प्रवेश गर्न नदिएपछि उनीहरुले भेला बहिष्कारको घोषणा गरेको जनाएका छन् । संयोजक बैठाले अवैधानिक रुपमा आफूलाई निलम्बन गरेकोले १० जना केन्द्रीय प्रतिनिधिले अनसन सुरु गरेको गुप्ताले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>