समाचारशुक्रबार, साउन २३, २०७१
अधिकारी दम्पतीलाई अनसन फिर्ता लिन आग्रह
आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाहीको माग गर्दैै लामो समयदेखि अनशनमा रहेका गंगामाया र नन्दप्रसाद अधिकारी दम्पतीलाई अनशन फिर्ता लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आग्रह गरेको छ ।
कृष्णप्रसाद हत्या घटनाका सम्बन्धमा दोषी देखिएकाहरुमाथि सरकारले कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको र विदेशमा रहेका आरोपीलाई समेत स्वदेश झिकाउने काम अगाडि बढेकाले अनशनमा रहनु जायज नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न नमिल्ने अवस्थामा दबाबले काम नगर्ने तथा विधि र कानुनबमोजिम सबै प्रक्रिया अगाडि बढ्ने जनाउँदै कार्यालयले सरकारले यसअघि गरेको प्रतिबद्धताअनुसार राहत प्रदान गर्न, दोषीमाथि कानुनअनुसार कारबाही गराउन र साबिक स्थानमा सुरक्षित बसोबासको प्रबन्ध गराउन आफू तत्पर रहेको जनाएको छ ।
अनशनरत दम्पतीकोे स्वास्थ्य अवस्था कमजोर रहेको तथा विशेषज्ञ चिकित्सकले गरेको औषधोपचार तथा जाँचपड्ताल गराउन नमान्ने गरेकाले स्वास्थ्य दिनप्रतिदिन बिगँ्रदै गएकाले सरकार थप गम्भीर भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
रासस

