थप समाचारशुक्रबार, साउन २३, २०७१

गुठी संस्थानका सहायक प्रशासकसहित ६ पक्राउ

हिमालखबर

गुठीको जग्गालाई रैकरमा परिणत गरी झुट्ठा विवरणको पत्राचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वर शाखाका सहायक प्रशासक मेघराज सापकोटा, वरिष्ठ सहायक कृष्णहरि भट्टराई, दर्ता निर्णय गर्ने मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत सीताराम पोखरेललगायत छ जनालाई पक्राउ गरेको जनाएको छ ।

यस्तै काठमाडौँ जिल्ला सरस्वती गाविस वडा नं ६ को चार रोपनी चार आना गुठीको जग्गा रैकरमा परिणत गरी व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा सङ्लग्न देखिएका कवीन्द्र महर्जन, रवीन्द्र महर्जन र सुरेन्द्रराज जोशीलाई पनि पक्राउ गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

उक्त कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका नासु गणेशबहादुर भट्ट फरार रहेकाले खोजी जारी छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को १६ अनुसार हिरासतमा लिई थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>