थप समाचारशनिबार, साउन २४, २०७१

क्रिकेट खेलाडी सेनामा भर्ती

हिमालखबर

नेपाली सेनाले २३ साउनमा एक कार्यक्रमको आयोजना गरी विभिन्न खेलाडीहरुको पदोन्नतीका साथै क्रिकेट खेलाडीहरुलाई सेनामा भर्ती गरेको छ ।

क्रिकेट खेलाडी विनोद भण्डारी, सागर पुन, नरेश बुढाऐर, अनिल मण्डल, महेश क्षेत्री, चन्द्र साउत, अविनाश कर्ण, सोमपाल कामी जीतेन्द्र मुखिया र रुपेश श्रीवास्तवलाई बन्दोबस्ती कार्य सिपाही पदमा भर्र्ती गरी दज्र्यानी चिह्न दिइएकोे हो ।

बन्दोबस्ती कार्य सिपाही पदमा नियुक्त भए पनि क्रिकेट खेलाडीहरूलाई हालसम्म सेनाको तालिममा भने पठाएको छैन। निकट भविश्यमा दक्षिण कोरियामा हुने सत्रौं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा ध्यान राख्दै तत्कालै क्रिकेट खेलाडीलाई तालिममा नपठाएको सेनाले जनाएको छ।

त्यसैगरी सेनाले विभिन्न विधाका ६ खेलाडीको पदोन्नति गरी दज्र्यानी चिह्न प्रदान गरेको छ ।

दज्र्यानी चिह्न प्राप्त गर्ने खेलाडीमा एथ्लेटिक्सका देवीबहादुर बस्नेत, भलिबलका ताराकान्त चौधरी, कबड्डीका डम्बरबहादुर बडवाल, फुटबलका चुनबहादुर थापा, सुटिङकी सुनिता महर्जन र ह्विल चियर बास्केटबलका हिमाल अर्याल रहेका छन् ।

सो अवसरमा नेपाली सेनाका प्रधान सेनापति गौरवशम्सेर राणाले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आइरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>