समाचारशनिबार, साउन २४, २०७१
बस व्यवसायीको हडताल, यात्रुलाई कष्ट
पूर्वको काँकडभिट्टा र भद्रपुरबाट चार दिनदेखि यात्रुबाहक बस नचलेकोमा विगत दुई दिनदेखि विराटनगरबाट पनि बस नचलेकाले यात्रुहरु बिचल्लीमा परेका हुन् ।
नयाँ सङ्घको रुपमा दर्ता भएको उज्यालो यातायातले काँकडभिट्टाबाट काठमाडौँ बस सञ्चालन गर्न खोज्दा विवाद सिर्जना भएको हो ।
मेची बस व्यवसायी सङ्घमार्फत गाडीहरु चल्नुपर्ने, नयाँ दर्ता भएको सङ्घ खारेज हुनुपर्नेलगायतका माग राखी सो सङ्घ हडतालमा उत्रेपछि त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दै कोसी बस व्यवसायी सङ्घ पनि दुई दिनदेखि हडतालमा उत्रेको हो ।
यसैबीच विराटनगर बसपार्कबाट केही यात्रुबाहक बस राजविराज, लहान र जनकपुरका लागि छुटेका र माइक्रो बस पनि छिटफुट रुपमा सडकमा गुडिरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
बस व्यवसायीको सिण्डिकेटले गर्दा नयाँ बस कम्पनीहरु सञ्चालन हुन पाइरहेका छैनन भने यात्रुहरु थोत्रा बसमा चर्को भाडा तिरेर यात्रा गर्न वाध्य छन् ।
सर्वोच्च अदालतले समेत सिण्डिकेटलाई अवैधानिक भने पनि सरकारले बस व्यवसायीको सिण्डिकेट अहिलेसम्म तोड्न सकेको छैन ।
