समाचारशनिबार, साउन २४, २०७१
८ माघभित्रै संविधान बन्ने नेम्वाङको दावी
झापाको धुलाबारीमा २४ साउनमा आयोजित कार्यक्रममा बोल्दै संविधानसभा अध्यक्ष सुवास नेम्बाङले पहिलो संविधानसभाले गरेका सबै कामको स्वामित्व ग्रहण गरिसकेको र बाँकी विषयमा पनि छलफल भइरहेकाले ८ माघभित्रै नेपाली जनताले नयाँ संविधान पाउने दाबी गरेका छन् ।
“महाधिवेशन सकियो, भ्रमण सकियो, अब कुनै बहाना दलसँग बाँकी छैन”, उनले संविधानमा ध्यान केन्द्रित गर्न सभासद्हरुलाई आग्रह गर्दै भने, “जिल्ला जाने र विदेश जाने काम सभासद्हरुले बन्द गर्नुपर्छ ।”
अध्यक्ष नेम्बाङले धुलाबारी उमाविलाई शान्ति मन्त्रालयको स्रोतबाट सहयोग दिलाउने आश्वासन दिएको प्रधानाध्यापक रुद्र कुरुम्बाङले जानकारी दिए ।
