समाचारसोमबार, साउन २६, २०७१

वीर अस्पतालको स्वास्थ्य सेवा शुरु

हिमालखबर

स्वास्थ्य मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र आवासीय चिकित्सक संघबीच त्रिपक्षीय सम्झौता भएपछि वीर अस्पतालमा सेवा शुरु भएको हो । तीन पक्षका प्रतिनिधिबीच २६ साउनमा ९ बुँदे सम्झौता भएको न्याम्सका निर्देशक डा. स्वयमप्रसाद पण्डितले जानकारी दिए ।

त्रिपक्षीय सम्झौता भएसँगै आन्दोलनरत चिकित्सक काममा फर्किएको उनले बताए । उनका अनुसार अस्पतालमा उपलब्ध चिकित्सकले २६ साउनदेखि नै र अरुले २७ साउनदेखि स्वास्थ्य सेवामा खटिने छन् ।

मन्त्रालय, न्याम्स र संघबीच उपकरण आपूर्ति, सिनेटको नियमित बैठक, दीक्षान्त समारोह गर्ने लगायतका बुँदामा सहमति भएको उनले जानकारी दिए । आवासीय चिकित्सकलाई आवास उपलब्ध गराउने विषयमा भने अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

संघले आह्वान गरेको आन्दोलनका कारण ११ साउनदेखि वीर अस्पतालमा स्वास्थ्य सेवा ठप्प थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>