समाचारसोमबार, साउन २६, २०७१

खर्च विवरण नबुझाउने दललाई कारबाहीको तयारी

हिमालखबर

गत मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा गरेको आफ्नो खर्च विवरण नबुझाएका २२ दललाई निर्वाचन आयोगले कारबाहीको तयारी हो । भरतपुरमा २६ साउनमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले खर्च विवरण नबुझाएका २२ दललाई कारबाहीका लागि अन्तिम तयारी गरिरहेको जानकारी दिए ।

उनले दलहरुबीच सहमति भए तत्कालै स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताए । उनले भने, “सरकारले राजनैतिक दलसँग सहमति गरेर मिति तय गरे निर्वाचनको काम अघि बढाउन आयोग तयार छ ।”

सरकारले मिति तय गर्दा तीन महीनाको अवधि दिएर गर्नुपर्ने उनको भनाइ छ । “मिति तय गरेपछि सरकार परिवर्तन भए पनि स्थानीय निकायको निर्वाचनलाई ठूलो असर पर्दैन,” उनले भने ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>