समाचारमंगलबार, साउन २७, २०७१
थापाको लाइन काटिएपछि संसद केहीबेर अवरुद्ध
स्थानीय निर्वाचन गराउनेबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोलिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले तोकिएको १० मिनेटभन्दा बढी समय लिएको भन्दै माइकको लाइन काटिदिएपछि राप्रपा नेपालका सभासदहरुले संसद अवरुद्ध पारेका छन् ।
थापाको माइकको लाइन काटिए पछि थापा र सभामुख बीच केही बेर जुहारी चलेको थियो ।
नियमअनुसार समय दिदा पनि बढि समय माग गर्नु नियम विपरित भएको सभामुखले बताएका थिए भने थापाले पर्याप्त वोल्ने समय नदिएर सभामुख निरङकुस बनेको आरोप लगाएका थिए ।
त्यसलगत्तै उनको पार्टीका सभासदहरुले रोष्टम घेरेर संसद बैठक अवरुद्ध पारेका थिए ।
करिब १५ मिनेटपछि पुनः सभामुखले प्रस्तावमाथि व्याख्या नगरी प्रस्ताव पेश गर्न कमल थापालाई समय दिए । त्यसपछि कमल थापाले अप्रत्यासित रुपमा भएको घटनाप्रति क्षमा याचना गर्दै प्रस्ताव पेश गरेका थिए।
