थप समाचारबुधबार, साउन २८, २०७१
पाल्पामा झाडापखालाले ४२ जना बिरामी
एकैपटक सिद्धेश्वरका बासिन्दामा झाडापखाला लागे पछि जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले क्याम्प नै खडा गरेर उपचार गरिरहेको छ । झाडापखालाले सिद्धेश्वर गाविस–४ र ५ का बासिन्दा प्रभावित भएका छन् ।
झाडापखाला २४ साउनदेखि नै फैलिए पनि स्वास्थ्यकर्मी भने २७ साउनमा मात्र पुगेको स्थानीयले गुनासो गरेका छन् । कार्यालयले भयरस्थान प्राविमा क्याम्प नै राखेर स्वास्थ्य सेवा दिइरहेको पाल्पाका अहेब मीनबहादुर बिष्टले बताए ।
झाडापखालाका कारण ४२ जना बिरामी परेको उनले जानकारी दिए । चार जना बिरामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास, पाँच जनाको गुल्मीको मनवाक, ५ जनाको देउले र ४ जनाको गुल्मीकै अघाहामा उपचार भइरहेको स्थानीय लोकबहादुर बुढाले बताए ।
२४ साउनमा ४–५ जनालाई भएको झाडापखाला अरुमा पनि फैलिएको हो ।
देब पचभैया, पाल्पा
