समाचारबुधबार, साउन २८, २०७१

ट्याक्टर व्यवसायीद्वारा राजमार्ग अवरुद्ध

हिमालखबर

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा ट्याक्टर व्यवसायीले यातायात ठप्प पारेका हुन् । २८ साउन बिहान ११ बजेदेखि एकघण्टासम्म उनीहरुले राजमार्गमा यातायात चल्न दिएनन् ।

झापा दमकमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध ट्याक्टर व्यवसायी तथा मजदुरहरु । तस्वीरः गोपाल गडतौला

सरकारले खोलाबाट ढुंगा, गिट्टी र बालुवा झिक्न बन्देज लगाएको बिरोधमा यातायात अवरोध गरेको उनीहरुको भनाइ छ । चुरे जोगाउन सरकारले साउन शुरुदेखि खोलाबाट ढुंगा, गिट्टी र बालुवा झिक्न रोक लगाएको छ ।

यसैबीच, ट्याक्टर व्यवसायीले झापामा मात्र व्यवसायबाट आश्रित १८ हजार मजदुरको रोजीरोटी संकटमा परेको दावी गरेका छन् । ट्याक्टर व्यवसायी संघ झापाका अनुसार झापामा मात्र ६ हजार २०० ट्याक्टर संचालनमा छन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>