समाचारबुधबार, साउन २८, २०७१

सुनकोशी खोल्न ८ बिष्फोट

हिमालखबर

सिन्धुपाल्चोक राम्चे गाविस–५ को जुरेमा १७ साउनमा गएको पहिरोले अवरुद्ध सुनकोसीको बहावलाई सुचारु गर्न सेनाले २८ साउनमा थप आठवटा विष्फोट गराएको हो । स्काभेटर लगाएर नदी खोल्ने भनिए पनि खराब मौसम र नदीको बहाव बढेकाले आजदेखि स्काभेटरले काम गर्न सकेन ।

मौसम सफा भए र नदीको बहाव कम भए २९ साउनदेखि ती काम गरिने नेपाली सेनाले जनाएको छ ।

२८ साउन दिउँसो लिइएको मापनअनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाव २५५ क्युसेक र बाहिरी बहाव ३९७ क्युसेक रहेको छ ।

यसैगरी, मुख्य राजमार्ग अवरुद्ध भएपछि सेनाले नयाँ ट्रयाक खोल्ने काम पनि २८ साउनदेखि शुरु गरेको छ । नयाँ ट्रयाक खोली वैकल्पिक मार्ग सञ्चालन गर्न साढे सात किलोमिटरको दूरी खन्नुपर्नेछ । आजमात्रै सेनाले १५० मिटर ट्रयाक खनेको छ ।

वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको टेकनपुर, धुस्कुन, तौथली, पिस्कर हुँदै ड्यामसाइटसम्मको बाटो कच्ची, साँघुरो र ग्रामीण बाटो भएकाले निर्वाधरुपमा यातायात चल्न नसकेको प्रहरीले जनाएको छ । यहाँबाट फाट्टफुट्ट रुपमा साना र हलुका सवारी साधन मात्रै चल्ने गरेका छन् ।

अहिले राजमार्ग अवरुद्ध हुँदा सिन्धुपाल्चोकका १५ गाविस यातायातको सेवाबाट वञ्चित भएका छन् भने ती गाविसमा सञ्चार र बिजुली समेत छैन ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>