समाचारबिहीबार, साउन २९, २०७१

पीटीएका लागि नेपाली टोली दिल्ली जाने तयारी

हिमालखबर

पीटीएबारे भारतसँग छलफलका लागि नयाँ दिल्ली पठाइने टोलीबारेको प्रस्ताव मन्त्रिपरिषद्को आगामी बैठकमा पेस गर्ने तयारी भईरहेको ऊर्जामन्त्री राधा ज्ञवालीले बताएकी छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला ४५ दिनभित्र पीटीए टुंग्याउने समझदारी भएको थियो ।

उनी स्वदेश फर्केको दुई सातामै भारतीय पक्षले ऊर्जा व्यापार सम्झौता (पीटीए) सम्बन्धमा छलफलका लागि नेपाली पक्षलाई नयाँ दिल्ली आउन निम्तो पठाएको हो।
भारतीय पक्षबाट पीटीएका लागि चाँडै पहल हुनु सकारात्मक भन्दै उर्जामन्त्री ज्ञवालीले त्यसबारे सरोकारवाला सबैसँग परामर्श शुरु गरिएको बताएकी छन् ।

ज्ञवालीले वार्ताका लागि भारत पठाईने सचिवसहितको टोलीबारे छलफल भईरहेको र मन्त्रिपरिषदको आगामी बैठकमा टोलीबारे प्रस्ताव गरिने बताईन।

मन्त्रिपरिषद्ले स्वीकृति दिएलगत्तै नेपाली टोली पीटीए सम्बन्धी छलफलका लागि भारत जाने पनि उनले जानकारी दिइन् ।

पीटीएका लागि नेपालले सन् २०१० मै प्रस्ताव पठाए पनि बेवास्ता गरेको भारतले तीन महिनाअघि मात्रै आफ्नो तर्फबाट बेग्लै प्रस्ताव पठाएको थियो ।

त्यसपछि नेपालले संशोधनसहितको अर्को प्रस्ताव भारतलाई पठाएको थियो । त्यही प्रस्तावमा छलफल गरेर अन्तिम रुप दिन भारतले नेपाली टोलीलाई दिल्लीमा बोलाएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>