थप समाचारबिहीबार, साउन २९, २०७१

गायक सरोज गोपाल रहेनन्

हिमालखबर

-माधव बराल, पोखरा

देउराली उकाली चढेर… नक्कलीलाई भगाई लग्यो झिल्केले… जस्ता चर्चित लोकगीतका गायक सरोज गोपालल बज्राचार्यको २९ साउन बिहान पोखराको बागबजारस्थित उनकै निवासमा निधन भएको छ ।

बज्राचार्य लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । गायक सरोजका छिमेकी तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठका अनुसार बुधबार राति नौ बजेसम्म टोलमै भएको एक बैठकमा सहभागि उनको २९ साउन विहान ३ वजे निधन भएको हो ।

३० को दशमा राष्ट्रिय पहिचान बनाएका बज्राचार्यले गाएका गीत मध्ये ‘देउराली उकाली चढेर…,’ ‘नक्कलीलाई भगाई लग्यो भिल्केले…,’ ‘दाइको घर कहाँ हो कहाँ…, जस्ता दर्जनौ लोकगीत र ‘करोडौँ मुटुहरु ढुकढुकी एउटै नेपाल…’ जस्ता राष्ट्रिय गीत चर्चित छन् ।

पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष रहेका बज्राचार्यले २०५१ सालदेखि करिव ७ वर्ष रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा काम गरेका थिए ।

रेडियो नेपालपछि उनले पोखराको माछापुच्छ«े एफएममा पनि केही वर्ष स्टेशन म्यानेजरको रुपमा काम गरे ।

२ मंसीर २००९ मा जन्मिएका बज्राचार्यको २९ साउनमा पोखरा सेतीनदीस्थित गाईघाटमा शवयात्रासहित अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

बज्राचार्यको श्रीमती बाबा राणा संगीत क्षेत्रमै सक्रिय छन् । उनका, एक छोरा र एक छोरी छन् ।

संस्कृतिकर्मी श्रेष्ठले सरोज गोपालको निधनले आफु स्तब्ध भएको बताउँदै संगीत क्षेत्रमा क्षति पुगेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>