समाचारबिहीबार, साउन २९, २०७१

बाढीले बर्दियामा राजमार्ग भत्कायो, यातायात ठप्प

हिमालखबर

तस्वीर: भावुक योगी

२८ साउन रातिदेखि लगातार भइरहेको वर्षाका कारण बाढीले राजमार्गको कल्भर्ट भत्काएपछि पूर्वपश्चिम यातायात ठप्प भएको छ ।

टिकपुरबाट खाली ग्यास सिलीन्डर लिएर नेपालगञ्ज तर्फ गईरहेको ना २ ख ८७७८ नम्बरको ट्रक राजमार्गको कल्भर्टमा फसेको छ ।

राजमार्ग अवरुद्ध भएपछि एम्बुलेन्ससहित ५० भन्दा बढी गाडी र सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

जोखिम मोलेर केही ब्यक्ति हिंडेर भत्किएको कलभर्ट पार गरे पनि सहजरुपमा हिंडेरै पनि ओहोरदोहोर गर्नसकिने अवस्था नरहेको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।
नेउलापुर डुबानमा
यस्तै बर्षाका कारण बर्दियाको नेउलापुर ४ रानीपुरका दर्जन बढी घर डुबानमा परेका छन् ।

नेउलापुरसहित बर्दियाका विभिन्न गाविसका सयौँ घर डुवानको जोखिमा रहेको प्रहरीले जनाएको छ ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>