समाचारशुक्रबार, साउन ३०, २०७१

एक भदौदेखि मौसममा सुधार

हिमालखबर

लगातार चार दिनदेखिको वर्षा १ भदौमा रोकिएसँगै मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । न्यूनचापीय वायुको रेखा उत्तरतर्फ रहेका कारण मुलुकभर चार दिनदेखि अविरल वर्षा भइरहेको छ ।

चार दिनदेखि परेको वर्षा ३१ साउनसम्म जारी रहने र १ भदौदेखि मौसममा सुधार आउने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । उनले भनिन्, “न्यूनचापीय क्षेत्रको रेखा उत्तरतर्फ रहेकाले नेपालमा मौसम खराब भएपछि देशभरका अधिकांश भागमा पानी परेको छ, शुक्रबार र शनिबार लगातार अविरल वर्षा हुन्छ, आइतबारदेखि मौसममा सुधार आउनेछ ।”

देशभर भारी वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिराका घटना बढेका छन् । पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानका कारण ठूलो जनधनको क्षति पुगेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>