समाचारशुक्रबार, साउन ३०, २०७१

‘चरी’का आफन्तद्वारा सर्वोच्चमा रिट

हिमालखबर

प्रहरी अधिकारीहरुले दिनेश अधिकारी ‘चरी’को षडयन्त्रपूर्वक हत्या भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै ‘चरी’का दाजु ध्रुव अधिकारीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

रिटमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र दिनेशकी प्रेमिका खुश्वुका पूर्वप्रेमी भनिएका अर्पण कोइरालालाई विपक्षी बनाइएको छ ।

रिटमा महानगरीय प्रहरी परिसर हनुमानढोकालाई किटानी जाहेरी लिन परमादेश पनि माग गरिएको छ ।

रिटमा काठमाडौं प्रहरी प्रमुख उत्तमकुमार कार्की, अपराध अनुसन्धान महाशाखा प्रमुख पुष्कर कार्की, डीएसपी मिरा चौधरी, इन्स्पेक्टर कुमुद ढुंगेल र चरीकी प्रेमिका खुश्वु ओलीका पूर्वप्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ ।

रिट दायर गर्ने क्रममा खुश्बु पनि अदालत पुगेकी थिइन् ।

‘चरी’ काठमाडौंबाट धादिङ जानेक्रममा २१ साउन साँझ ५ बजे जवाफी कारवाहीमा मारिएको प्रहरीले बताउँदै आएको छ । तर ‘चरी’ का आफन्तले भन प्रहरीले पक्राउ गरेपछि उनको हत्या गरेको भन्दै शव बुझ्न मानेका छैनन् ।

पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको ‘चरी’ को शव अझै अस्पतालमै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>