समाचारशुक्रबार, साउन ३०, २०७१
नारायणगढ मुग्लिन सडक एकतर्फी सुचारु
३० साउन बिहान ११:३० बजे खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक खुलेपछि बाटोमै रोकिएका सयौं सवारी साधन पालैपालो गन्तव्यतर्फ लाग्न थालेका छन् ।
दइतर्फी सडक खुलाउन प्रयास भइरहे पनि माथिबाट ठूला ढु्ंगा खसिरहेकोले समस्या परेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताएका छन् ।
—————————————————————————————————————————-
नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको कविलास गाविस, १७ किलो भन्ने ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३० साउन बिहान ११:३० बजे खसेको पहिरोले पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सडक खुलाउनका लागि मुग्लिनबाट डोजर गइसकेको र भरतपुरबाट पनि पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए । माथिबाट ठूलाठूला ढुङ्गा खसेकाले पहिरो हटाउन सहज नभएको र केही घण्टामा एकतर्फी सडक खुलाइने कोइरालाले जानकारी दिए ।
सविता श्रेष्ठ, चितवन
