समाचारशुक्रबार, साउन ३०, २०७१

दाङमा बाढी र पहिरोले मृत्यु हुनेको सख्या ६ पुग्यो

हिमालखबर

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बाढी र पहिरोबाट ३० साउनमा मात्र मृत्यु हुनेको सख्या ६ पुगेको छ ।

पश्चिम दाङको पुरन्धरा गाविस–९ गङ्गटेमा पहिरो घरमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय देउकला कँुुवर र उनकी छ वर्षीया छोरी गङ्गा कुँवर छन् ।

बबई नदीको बाढीको डुवानका कारण बिहानैदेखि बेपत्ता भएकी डुरुवा गाविसकी ४० वर्षीया नुमकुमारी खत्रीको पनि शव फेला परेको छ ।

यसअघि दिउँसो डुरुवा १ की २५ वर्षीया उर्मिला भुजेल र उरहरि गाविस–६ मोतिपुरका ६० वर्षीय खुशिराम चौधरी र उनकी श्रीमतीको बाढीमा डुबेर मृत्यु भएको थियो ।

डुरुवामा बाढीमा फसेका व्यक्तिहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

———————————————————————————————————————–

दाङमा तीनको मृत्यु, ज्यान जोगाउन कोही रुखमा कोही टापुमा

तीन दिनको लगातार वर्षापछि आएको बाढीका कारण दाङमा ३ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घरहरु भत्किएका छन् ।

शुक्रबार , ३० साउन २०७१ ३:२९ पम

बाढी घरभित्र पस्दा दाङ उरहरी गाविस–६ मोतीपुरमा एक महिला र एक महिलाको मृत्यु भएको र उनीहरुको सनाखत भइनसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मोतीपुरका करिब १ सय घरहरु बाढीले भत्काएको छ ।

त्यस्तै डुरुवा–१ गनारीमा बबई नदीको बाढी गाउँमा पसेपछि २५ वर्षीया उर्मिला भुजेलको मृत्यु भएको छ ।

डुरुवामा पुरै वस्ती डुबानमा परेपछि त्यहाँका वासिन्दा नदीबीचको टापुमा बसेका छन् भने २ जना सम्पर्क बाहिर रहेको मल्वार प्रहरी चौकीका सई लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उच्च जोखिममा रहेका नागरिकलाई उद्धार गर्न सुरक्षा निकायले नसक्ने भएपछि हेलिकप्टर मगाउने तयारी भएको प्रहरी प्रमुख एसपी शदरकुमार खत्रीले जानकारी दिएका छन् ।

त्यस्तै उरहरी–६ मा ५० घर उच्च जोखिममा रहेका छन् भने श्रीगाउँमा शंकर चौधरीको परिवार घर डुबानमा परेपछि रुखमा चढेर ज्यान जोगाएका छन् ।
बबई नदी गाउँ पस्दा फुलवारी–६ बखरीयाका ४२ घरगोठ बगाएको छ । बाढीमा फसेका २५ जनालाई सकुशल उद्धार गरिएको स्थानीय देबीराम कुसारीले जानकारी दिए ।

बाढीले जिल्लाका धर्ना, सौडियार, उरहरी, फुलबारी, गोल्टाकुरी, डुरुवा, श्रीगाउँ, पन्चकुले, धनौरी, घोराही र देउखुरीका अधिकांश गाउँहरु डुबानमा परेका छन् भने हजारौं विगाहमा लगाइएको बाली नष्ट भएको छ ।
देविका घर्ती मगर/दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>