समाचारशनिबार, साउन ३१, २०७१

सुर्खेतमा २४ को शव फेला, १४८ बेपत्ता

हिमालखबर

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार ३१ साउन दिउँसोसम्म बाढी र पहिरोमा परी मृत्यु भएका २४ जनाको शव भेटिएको छ भने १४८ जना हराइरहेका छन् ।

३१ साउन दिउँसोसम्म भेटिएका २४ शवमध्ये १२ जनाको पहिचान भएको छ । जसमध्ये साहारे गाविसकी शोभा बुढा, साटाखानीकी झगिसरा दमाई (७०), भीमा दमाई (५), लाटिकोइलीका रवि मिस्त्री, उत्तरगंगाकी हिमानी रावल (६), पर्सेनीकी उजेली बुढा, कुवेर शर्मा र पूजा सिंह रहेका छन् ।

त्यस्तै हरिहरपुरकी मनिसरा कामी, तरंगाकी नैनकला कार्की (७०), जानकी कार्की (५) र कल्पना कार्की (७) को पनि शव भेटिएको छ ।

प्रभावित लेकगाउँमा हालसम्म प्रहरी पनि पुग्न सकेको छैन । जिल्लाका विभिन्न २० स्थानमा सेल्टर बनाएर विस्थापितलाई राखिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतका अनुसार सेल्टरमा हालसम्म करीब एक हजार ८०० जनालाई राखिएको छ ।

सदरमुकाम वीरेन्द्रनगर नगरपालिका भन्दा बाहिर खोरियामा एक, पर्सेनीमा एक र डालकाँडा चर्चमा एक सेल्टर राखिएको छ । त्यस्तै हर्रेको भुकम्प मापन केन्द्रको स्टेशनमा पनि स्थानीय विस्थापित बसेका छन् ।

जिल्लाका अधिकांश भागमा स्कुललाई सेल्टर बनाएर विस्थापितलाई राखिएको छ । जिल्लाभरका एक हजार ४०२ परिवार बाढी र पहिरोबाट प्रभावित भएका छन् ।

३१ साउन दिउँसो तीन बजे हेलिकप्टरबाट राहत रामग्री लिएर आफूहरू प्रभावित बस्तीमा हिँडेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

लेकपराजुल, तरङ्गा, घाटागाउँ, लेक गाउँ लगायतका उद्धारकर्मी पुग्न नसकेका ठाउँमा हेलिकप्टरद्धारा राहत सामग्री पु¥याइँदै छ ।
तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>