समाचारआइतबार, भाद्र १, २०७१

जाजरकोटका घाइतेको तीन दिनपछि उद्धार

हिमालखबर

गृहमन्त्रालयले जाजरकोटमा २८ साउन राति आएको पहिरोमा परी घाइते भएकालाई तत्काल उद्धार गर्न खोजे पनि प्रतिकुल मौषमका कारण हेलिकाप्टर अवतरण गर्न नसक्दा तीन दिनपछि ३१ साउनमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घाइते भएकामध्ये रामीडाँडा–९ धौलाकोटका २६ वर्षीय कर्णे नेपाली, ३० वर्षीया सुधा नेपाली, १२ वर्षीय लले नेपाली, लक्ष्मण विक, सीमा विक, दिलबहादुर कामी र शारदा नेपाली, सक्ला–३ वन्डालाका जयलाल बोहरा उनका छोरीहरु १३ वर्षीया आरती बोहरा, १० वर्षीया कमला बोहरा र सक्ला–५ का १४ वर्षीय सन्देश बस्नेतको उद्धार गरिएको छ ।

घाइतेहरुलाई उपचारका लागि सुर्खेतको क्षेत्रीय अस्पतालमा लगिएको बताइएको छ । यदि त्यहाँ उपचार सम्भव नभए थप उपचारका लागि काठमाडौं लैजाने प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले बताएका छन् ।

सम्बन्धित समाचार
पहिरोले जाजरकोटमा ४ को मृत्यु, उद्धारका लागि हेलिकप्टर मगाइयो

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>