समाचारआइतबार, भाद्र १, २०७१
मलेशियाबाट ११८ नेपालीको उद्धार
मलेशियाको बुकिटजलिलस्थित बन्दीगृहबाट उद्धार गरिएका नेपालीलाई ३१ साउनमा स्वदेश फर्काइएको मलेशियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए ।
“उद्धार गरिएकाहरु आजै नेपाल वायुसेवाको उडानबाट त्यहाँ आउँदै हुनुहुन्छ”, ३१ साउनमा उनले टेलिफोनमा भने । उनीहरूलाई रोजगार प्रवद्र्धन बोर्डले समस्यामा परेका नेपालीका लागि सहयोग गर्न खडा गरेको कोषबाट हवाई टिकट खरिद गरेको हो ।
रासस
