समाचारसोमबार, भाद्र २, २०७१

संविधान निर्माणको विषयमा कोइराला र दाहालबीच छलफल

हिमालखबर

प्रधानमन्त्रीको निवास बालुवाटारमा २ भदौमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । संविधान निर्माणमा देखिएका जटिलतालाई आपसी विश्वासका आधारमा टुङ्गो लगाउने र आपसी छलफल तथा वार्तालाई सघन बनाउने विषयमा दुई नेताबीच छलफल भएको उनले बताए ।

यस्तै, सशस्त्र द्वन्द्वका क्रममा शहीद भएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएकालाई सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् कुनै सुविधाको घोषणा नगरेको भन्दै एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराएकाको दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

छलफलमा सिन्धुपाल्चोकका पहिरो पीडित र मुलुकभर बाढी पहिरोका कारण समस्यामा परेका नागरिकलाई राहत र उद्धारलगायतको काममा ढिलाइ भएको भन्दै तत्काल राहतको व्यवस्था गर्न दाहालले आग्रह गरेका छन ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>