समाचारसोमबार, भाद्र २, २०७१

बाढी पहिरोपीडितको उद्दार र राहतका लागि उच्चस्तरीय समिति गठन हुने

हिमालखबर

व्यवस्थापिका संसद अवरोधपछि सरकार र विपक्षी दलबीच उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको हो । बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिका विषय संबोधन गर्न प्रधानमन्त्री सुशील कोइरालाको संयोजकत्वमा समिति गठन हुने उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले जानकारी दिए ।

संसदको २ भदौमा बसेको बैठकलाई संबोधन गर्दै गृहमन्त्री गौतमले प्रमुख विपक्षी दलका नेता सदस्य रहने गरी समिति गठन गरिने बताए । विपक्षी दलले बाढी पहिरो लगायतको विषयमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद अवरोध गरेपछि सरकार र विपक्षी दलबीच उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको हो ।

सहमतिपछि फेरि शुरु भएको बैठकमा गृहमन्त्री गौतमले संबोधन गरेका थिए । बाढी पहिरो पीडितका लागि सरकारले उचित कदम नचालेको भन्दै एमाओवादी लगायतका विपक्षी दलले संसद बैठक अवरुद्ध गरेका थिए ।

उनीहरुले राष्ट्रिय विपत घोषणा गर्न माग गरेका थिए । संसदको अर्को बैठक भने २ भदौमा बस्नेछ ।

सरकार ‘सुस्त मनस्थिति’को भयोः दाहाल

संसद बैठकमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार ‘सुस्त मनस्थिति’को भएको टिप्पणी गरेका छन् । देशभर बाढी पहिरो तथा डुबानका कारण ठूलो धनजनको क्षति हुँदा पनि सरकारले उद्दार, राहत तथा पुनस्र्थापनाको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै दाहालले सरकार ‘सुस्त मनस्थिति’को भएको टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रिय विपतको घोषणा नहुँदासम्म संसद चल्न नदिने बताएपछि संसद बैठक स्थगित भएको थियो । उनले बाढी पहिरो पीडितको उद्दार र राहत तथा पुनस्र्थापना कार्यमा सरकार नीरिह देखिएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>