समाचारमंगलबार, भाद्र ३, २०७१
खरीद प्रक्रिया पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन
सार्वजनिक खरीद अनुगमन कार्यालयको आठौं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री निवास पुगेका कार्यालयका उच्च अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले विकास निर्माण कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गर्न र त्यसको कडा अनुगमन गर्न निर्देशन दिएका छन् ।
“सार्वजनिक खरिद प्रक्रियामा मिलेमतो, अनियमितता, भ्रष्टाचार, विसङ्गति कहीँ कतै देखिनुहुँदैन, यस्ता प्रवृत्ति देखिएमा तत्काल कारबाही हुन्छ,” कोइरालाले भने ।
उनले विकास निर्माण कार्यमा देखिने विकृति रोक्न पनि निर्देशन दिए ।
कार्यालयका कामु सचिव टङ्कमणि शर्माले सार्वजनिक खरिद सम्बन्धमा रहेका ऐन तथा नीतिमा समयानुकूल परिमार्जन गर्न र खरिद प्रक्रियालाई सरल बनाउँदै लान सुझाव दिएका थिए ।
ठूला खरिदमा लागत एवम् गुणस्तर ठीक छ कि छैन भन्ने कुरा अनुगमन गर्न आवश्यक रहेको उनले बताए ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले कार्यालयद्वारा आजदेखि सञ्चालनमा ल्याउन लागेको इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्युरमेन्ट पोर्टलको शुभारम्भ गरेका थिए ।
रासस
