समाचारमंगलबार, भाद्र ३, २०७१

एआइजीमा बढुवाविरुद्ध थप तीन डीआईजीद्वारा रिट

हिमालखबर

२९ साउनको मन्त्रिपरिषद बैठकले गरेको ९ जना डिआइजीको एआइजीमा बढुवा नियमविपरित भएको भन्दै डीआईजीहरु विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र पर्शुराम खत्रीले बढुवा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

यसअघि डीआईजी यादव अधिकारीले ३० साउनमा बढुवा रोक्न रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, बढुवा सिफारिस समिति, प्रहरी महानिरीक्षक र बढुवा भएका एआईजीलाई विपक्षी बनाइएको छ ।

सम्बन्धित समाचार
पुनरावलोकन समितिको सूचिमा नरहेका डिआइजीको पनि बढुवा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>