समाचारमंगलबार, भाद्र ३, २०७१

थुनिएको सुनकोशीको पानी १५ भदौभित्र पुरै खोलिने

हिमालखबर

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले ३ भदौमा पत्रकार सम्मेलन गरेर १५ भदौभित्र जोखिम नहुने गरी पानीको सतह घटाउने जनाएको छ । पत्रकार सम्मेलनमा सेनानी डा. रामचन्द्र तिवारीले १५ भदौभित्र पानीको सतह घटाउने गरी काम भइरहेको बताए ।

“प्राविधिक कारणले १५ भदौभित्र नभए पनि भदौ मसान्तभित्र पानीको सतह जोखिम नहुने गरी घटाइसक्ने छौं,” उनले भने । अहिलेको सतहको १५ मिटर पानी खोलेपछि पुरिएको सडकको अवस्थाबारे थाहा हुने सेनाको अनुमान छ ।

“१५ मिटर पानी खोलेपछि सडक प्रयोग गर्न सकिन्छ या सकिन्न भन्ने थाहा हुन्छ र सडक खोल्न पनि सजिलो हुन्छ, तिवारीले भने । सेनाले अहिले थुनिएको तलाउमा जम्मा भएको भन्दा बढी पानी बगिरहेको जनाएको छ ।

सेनाका अनुसार अहिलेसम्म पानीको सतह १ मिटर घटिसकेको पनि जानकारी दिएको छ ।

सेनाले थुनिएको तलाउ एकैपटक भत्किने खतरा भने नरहेको दावी गरेको छ । सेनाको विज्ञहरुको अध्ययनले तलाउ भत्किने खतरा नरहेको देखिएको सेनानी तिवारीले जानकारी दिए ।

सेनाले कोदारी राजमार्गको खाडीचौर–बाह्रबिसे वैकल्पिक सडक खन्ने काम पनि तीब्र गतिमा भइरहेको जनाएको छ । सेनाले ११ किलोमिटर वैकल्पिक सडकमध्ये ५५० मिटर खनिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>