समाचारबिहीबार, भाद्र ५, २०७१

प्रधानमन्त्री र ओलीबीच सातबुँदे सहमति कार्यान्वयनबारे छलफल

हिमालखबर

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच ५ भदौमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकार निर्माणका बेला भएको सातबुँदे सहमतिको कार्यान्वयनको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले उठाउँदै आएको सरकार निर्माणका बेला भएको सातबुँदे सहमतिको कार्यान्वयनका विषयमा प्रधानमन्त्री कोइरालाले त्यसप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीले तोकिएको समयभित्रै संविधान निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिएको प्रेस संयोजक अधिकारीले बताए ।

भेटमा दुवै नेताबीच सरकार, व्यवस्थापिका–संसद र संविधानसभाले गरेका कामकारबाहीबारे पनि छलफल भएको छ । अध्यक्ष ओलीले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणबारे चासो राखेको अधिकारीले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>