समाचारबिहीबार, भाद्र ५, २०७१

सातबुँदे कार्यान्वयन नगरे सरकारबाट बाहिरिन्छौंः पोख्रेल

हिमालखबर

एमाले नेता पोख्रेलले सातबुँदे सम्झौता कार्यान्वयन कार्यान्वयन नभए एमाले सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लबले ४ भदौमा गरेको कार्यक्रममा उनले संविधान निर्माणको दायित्व बोध गरेर मात्र कांग्रेससँगको सहकार्य जारी रहेको बताए ।

“प्रधानमन्त्री कोइरालाले सम्झौता कार्यान्वयन नगरे एमाले सरकार बनाउन वा प्रतिपक्षमा बस्न पनि तयार छ,” उनले भने, “आफैले हस्ताक्षर गरेको सहमति कार्यान्वयन गर्ने कि गठबन्धन अघि बढाउने भनेर बल प्रधानमन्त्रीकै कोर्टमा छ ।”

उनले संविधानसभाबाट राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन हुनुपर्नेमा जोड दिए । “सरकार निर्माणको बेला आफै सहमतिमा हस्तक्षर गरेका कोइरालाले अहिले आफै बखेडा झिकिरहेका छन्,” उनले भने ।

पोख्रेलले एमालेभित्र सरकारमै रहने कि बाहिरिने भन्ने बहस शुरु भइसकेको दावी गरे । उनले भने, “संविधान निर्माणका लागि सरकारमै बस्नुपर्ने बाध्यता छ, तर कांग्रेस नेताहरुले धम्काइरहे सरकारबाट बाहिरिन सक्छौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>