समाचारबिहीबार, भाद्र ५, २०७१

डुंगा पल्टिंदा अलपत्र परेकाको सेनाले उद्दार गर्दै

हिमालखबर

सञ्जय साह, रौतहट

रौतहटको पिपरा रजवाडा गाविस–७ स्थित बागमती नदीमा डुंगा पल्टिंदा अलपत्र परेकाको ५ भदौ अबेरसम्म उद्दार भइरहेको छ । ५ भदौ साँझ ५ बजेतिर डुंगा पल्टिंदा ४० भन्दा बढी अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भीम ढकालले जानकारी दिए ।

सर्लाहीबाट घाँसदाउरा लिएर रौतहटस्थित गाउँ आउने क्रममा डुंगा पल्टिंदा डुबेकाहरु नदी बाहिर भने आइसकेको स्थानीयबासिन्दाले बताएका छन् । अलपत्र परेकाहरु अझै पनि सर्लाहीतर्फ नदीपारी रहेका छन् ।

उनीहरु रहेको ठाउँबाट बस्ती चार किलोमिटर टाढा रहेकाले सेनाले रौतहटतिरै ल्याउन प्रयास गरिरहेको छ । डुंगा पल्टिंदा डुबेकाहरुलाई भने स्थानीयबासिन्दाले नदी बाहिर ल्याएका थिए ।

नदीको छेउमै डुंगा पल्टिएकाले उनीहरुलाई नदी बाहिर ल्याउन सकेको स्थानीय सञ्जय सहनीले बताए । अझै दुई जना भने सम्पर्कमा नआएको डीएसपी ढकालले जानकारी दिए ।
डुंगा भने पल्टिएको ठाउँभन्दा एक किलोमिटर तल फेला परेको छ ।

क्षमताभन्दा बढी यात्रु चढ्दा डुंगा पल्टिएको प्रत्यक्षदर्शीले बताएको डीएसपी ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>