समाचारशुक्रबार, भाद्र ६, २०७१

टेलिकमद्वारा बाढी पहिरोपीडितका लागि २ करोड सहयोग

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालालाई ६ भदौ बिहान भेटेर नेपाल टेलिकमले कोषमा रु.२ करोड सहयोग प्रदान गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा टेलिकमका अध्यक्ष एवम् सूचना तथा संचार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले प्रधानमन्त्री कोइरालालाई रु.२ करोडको चेक हस्तान्तरण गरे ।

टेलिकमका कर्मचारीकातर्फबाट रु.३५ लाख, संचालक समितिका सदस्यकातर्फबाट रु.२५ लाख र बाँकी टेलिकमको कोषबाट रकम प्रदान गरेको टेलिकमका का.मु. कार्यकारी निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।

उनले बाढी पहिरोपीडितका लागि टेलिकमले कोषलाई सहयोग गरेको बताए । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले प्राकृतिक प्रकोप पीडितको उद्धार, राहत र पुनस्थापनामा सबै क्षेत्रबाट सहयोग पाउनुले नेपालीहरु तन, मन र धन सबै कुराले सहयोग गर्न सक्छन् देखिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>