समाचारशुक्रबार, भाद्र ६, २०७१

बाढी पहिरोपीडितको राहत रकम बिचौलियाले पाउँदैनः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री कोइरालाले बाढी पहिरोपीडितको नाममा पुग्ने राहत रकममा बिचौलियाले विगतमा झैं हिनामिना र चलखेल गर्न नपाउने दावी गरेका हुन् । सिन्धुपाल्चोक राम्चेका पहिरोपीडितसँग ६ भदौमा भएको भेटमा उनले भने, “विगतमा प्राकृतिक प्रकोपपीडितलाई आएको सहयोग बिचौलियाको हातमा पुगेर निमुखा पीडितहरु भोकै र नाङ्गै हुने अवस्था अब दोहोरिन दिन्न ।”

उनले बाढी पहिरोपीडितलाई राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणको काममा ढुक्क हुन पनि सबैसँग आग्रह गरे । “मेरै सक्रियतामा बाढी पहिरोपीडितलाई राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणको काम भइरहेको छ, त्यसैले ढुक्क हुनुहोस्,” उनले भने ।

प्रधानमन्त्री कोइरालाले प्राकृतिक विपद्को व्यवस्थापन गर्न आफ्नै नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिले राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणको काम गरिरहेकोले कुनै अनियमितता नहुने बताए ।

तर, उनले सहयोग सामग्री र राहत रकम हिनामिना हुन नदिन स्थानीयबासिन्दा पनि चनाखो हुनुपर्नेमा जोड दिए । सभासद अमृतकुमार बोहोराको नेतृत्वमा सिन्धुपाल्चोक राम्चेका पहिरोपीडितले ६ भदौमा राहत, पुनर्स्थापना लागयतको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>