समाचारशुक्रबार, भाद्र ६, २०७१

सुधीर बस्नेतलाई तत्काल पक्राउ गर्नुः सर्वोच्च

हिमालखबर

व्यवसायी सुधीर बस्नेतलाई तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले ६ भदौमा ओरियन्टल सहकारीका अध्यक्ष समेत रहेका बस्नेतलाई तत्काल पक्राउ गरी थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले पछि ठहरेको हुने बमोजिम हाललाई पुर्पक्षका लागि बस्नेतलाई थुनामा पठाउन आदेश दिएको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

बस्नेतसँग सम्बद्ध हाउजिङ र अपार्टमेन्ट परियोजना तथा सहकारीले आठ हजारभन्दा बढी सर्वसाधारणको रु.७ अर्बभन्दा बढी रकम ठगेका छन् । सहकारीमा निक्षेप राखिएको र हाउजिङ परियोजनाहरुमा बुकिङ गरेको रकम बस्नेतले फिर्ता नदिएपछि पीडितहरुले आन्दोलन गर्दै आएका छन् ।

पीडितहरुले बस्नेतमाथि कारबाही र आफ्नो रकम फिर्ताको माग गर्दै आए पनि सरकारले बेवास्ता गर्दै आएको छ । साप्ताहिक खबरपत्रिका हिमालले  बस्नेतको ठगी धन्दाबारे १५–२१ पुस २०७० को अंकमा रिर्पोटिङ गरेको थियो ।

सम्बन्धित समाचार पनि पढ्नुहोस्ः

निर्धक्क ठगी

सुधीर बस्नेत प्रकरणः हरायो न्याय

सुधीर बस्नेत प्रकरणः संवेदनहीन सरकार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>