समाचारशुक्रबार, भाद्र ६, २०७१

सरकारले यु–१६ खेलाडीलाई जनही ५० हजार दिने

हिमालखबर

सरकारले एसीसी यु–१६ प्रिमियर क्रिकेट विजेता टोलीलाई जनही रु.५० हजार दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ६ भदौमा गरेको कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै उनले मन्त्रालयमा ६ भदौमै बसेको बैठकले खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको बताए ।

उनले दक्षिण कोरियाको इचोन शहरमा हुने एसियाली खेलकुद प्रतियोगितामा पनि गत संस्करणभन्दा यसपटक नेपालले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

यसैबीच, क्यानले यु–१६ टोलीका मुख्य प्रशिक्षक वसन्त शाही ठकुरी, सहायक प्रशिक्षक राजु बस्नेत, टोली व्यवस्थापक रञ्जित तामाङ, खेलाडी कप्तान सुमित महर्जन, अनिल खरेल, आशिष पोखरेल, प्रनीत थापा रविकुमार शाह, रिजन ढकाल, जितेन्द्रसिंह ठकुरी, रवि चन्दलगायत १४ खेलाडीलाई जनही रु.२० हजार दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>