समाचारशनिबार, भाद्र ७, २०७१
ट्रक र जीप ठोक्किंदा ३ को मृत्यु ३ घाइते
बाराको छातापिपरा चोकमा ६ भदौ राति ट्रकले टाटासुमोलाई ठक्कर दिँदा सुमोमा सवार तीन जनाको मृत्यु भएको छ । सुमोमा सवार पर्साको हरपुर–९ की ललितादेवी चौधरी, धमेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो भने घाइते भएकी ललितादेवी चौधरीको उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्युभएको प्रहरीले जनाएको छ
दुर्घटनामा हरपुरकै ज्ञाना चौधरी, परमानन्द चौधरी र जयकिशोर चौधरी घाइते भएका छन् । घाइते तीनै जनाको नारायणी उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ ।
काठमाडौंबाट वीरगन्ज आइहरहेको ना. १ ज ४२६१ नम्बरको टाटासुमो र काठमाडौँ जाँदै गरेको ना ३ ख ५२९३ नम्बरको ट्रक एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
