समाचारशनिबार, भाद्र ७, २०७१
१७ दिनपछि चरीको अन्त्येष्टि
२१ साउनमा भीमढुंगामा प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका दिनेश अधिकारी चरीको ७ भदौमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको षडयन्त्रपूर्वक हत्या भएकोले छानविन हुनुपर्ने भन्दै परिवारले शव बुझ्न नमानेपछि उनको अन्त्येष्ष्टिमा ढिलाई भएको थियो ।
अन्त्येष्टिअघि ‘चरी’को शवमा नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
अन्त्येष्टिमा एमाले सभासद गुरु बुर्लाकोटी, धनबहादुर घले र धादिङ अध्यक्ष भूमि त्रिपाठी तथा अनेरास्ववियु अध्यक्ष किशोरविक्रम मल्ल उपस्थित थिए।
चरीलाई अन्तिम श्रद्धान्जली दिन चक्रे मिलन पनि पुगेका थिए ।

