समाचारशनिबार, भाद्र ७, २०७१

चन्दा दिएको रकम असुल गर्न अख्तियारको निर्देशन

हिमालखबर

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाका गाविस सचिवले नियम विपरित दलहरुलाई दिएको चन्दा सहायता रकम तत्कालै असुल गर्न निर्देशन दिएको छ । कार्यविधिमा राजनीतिक दललाई आर्थिक सहायता दिन नपाइने उल्लेख रहेकाले अख्तियारले उक्त निर्देशन दिएको गोरखाका स्थानीय विकास अधिकारी महेश बरालले जानकारी दिए ।

घैरुङ गाविसका पूर्णबहादुर गहतराजबाट रु ९५ हजार ५००, बक्राङ गाविसका सुवन शर्माबाट रु ४९ हजार, मनकामना गाविसका नारायण सापकोटाबाट रु ९३ हजार ५००, फिनामका कुसल बराल, नाम्जुङका रामप्रसाद पौडेलबाट रु २३ हजार ५००, गाँखुका अचला आचार्यबाट रु ३० हजार र ताङ्लीचोकका सूर्य बरालबाट रु ४२ हजार असुल उपर गर्न अख्तियारले निर्देशन दिएको हो ।

केही समयअघि गोरखा आएको अख्तियारको टोलीले जिल्ला विकास समिति, गोरखा नगरपालिका, जिल्लास्थित सडक कार्यालयलगायत नमूनाका रुपमा २० गाविसमा गएर फाइल अध्ययन गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>